असोज ९ गतेदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्ने, स्थान र समय पछि तोकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको असोज ९ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने भएको छ । आइतबार सम्पन्न पदाधिकारी बैठकले असोज ९ गतेबाट सुरु हुनेगरी केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठक बस्ने स्थान र बैठक सुरु हुने समय पछि तोक्नेगरी पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनले केन्द्रीय सदस्यलाई जानकारी गराएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *