उद्योगी तथा व्यवसायीलाई सरकारको राहत- आयातमा ५० प्रतिशत छुट, बीमाको आधी रकम अग्रीम भुक्तानी

काठमाडौं । सरकारले जेन जी आन्दोलनका क्रममा क्षति भएका उद्योग तथा व्यवसाय पुननिर्माणका लागि आयात गरिने सामाग्रीमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले भने, ‘जेन जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्नका लागि सरकारले, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरणले विभिन्न किसिमका राहतका सुविधाहरू शुरु गर्नेछन् । जसमध्ये ध्वस्त भएका सम्पत्तिको पुनर्निर्माणका लागि आवश्यक पर्ने वस्तुहरू आयात गर्दा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । बीमाबाट अग्रिमरुपमा क्षतिको ५० प्रतिशतसम्म अग्रिम दाबी गर्ने व्यवस्था गरिएको छ । प्रभावित उद्योग तथा व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्ने व्यवस्थामा गरिएको छ ।’

कर्मचारी तथा मजदुरको जागिर नजाओस् भनेर त्यसका लागि कर्जा लिएर भुक्तानी गर्न सक्नेहरूलाई सहुलियतपूर्ण कर्जा र भुक्तानी गर्न नसक्नेहरूलाई राष्ट्रिय स्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी गर्न सकिने प्रबन्ध गरिने अर्थमन्त्रीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *