
काठमाडौं । पूर्वराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले उपसभापति लेखबहादुर कार्कीलाई दिएको सभापति पद खोसेका छन् ।
उनी राज्यमन्त्री बनेपछि कार्कीलाई कार्यवाहक दिएका थिए । मन्त्रीबाट हटेपछि कार्कीलाई कार्यवाहक दिइरहेका कान्छारामले आइतबार खोसेका हुन् । आज एक पत्र लेख्दै तामाङले पार्टीको विधानबमोजिम कार्यवाहकको जिम्मेवारी नरहेको पत्र थमाएका छन् ।
संविधान दिवसको दिन पार्टीद्वारा आयोजित कार्यक्रममा कार्की नआएको झोंकमा उनले जिम्मेवारीबाट हटाएको बताइएको छ । तामाङले पार्टीको झण्डाबिना कार्यक्रम गर्न निर्देशन दिएपछि झण्डा नभएको कार्यक्रममा नजाने भन्दै कार्की सहभागी भएका थिएनन् ।
सोही कार्यक्रममा कान्छारामले जेनजी आन्दोलनमा भाग लिएका नेविसंघ र तरुण दलका कार्यकर्तालाई हलबाट निकालेको भिडिओ भाइरल भइरहेको छ । कार्की कान्छरामकै प्यानलबाट उपसभापति निर्वाचित भएका थिए । दोस्रोपटक उपसभापति बनेका कार्की जिल्लामा कान्छारामको भरपर्दो सहयोगी मानिन्थे ।
अर्का उसभापति नवराज थोकर भने कान्छारामको विपक्षमै थिए ।


Leave a Reply