तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *