
रुपन्देही । पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ ।
पाल्पाबाट रुपन्देही आएर लामो समय सक्रिय पत्रकारितामा रहेका शर्माको शनिवार अपराह्न भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ३ दशक पत्रकारिता गरेका पत्रकार शर्मालाई केही वर्षअघि क्यान्सर रोग देखा परेको थियो । उनको नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको थियो ।
पत्रकार शर्मा खेल तथा आर्थिक क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आएका थिए । श्रीमती एक छोरा र एक छोरीसहित भैरहवामा बस्दै आएका थिए शर्मा ।
उनको भोली बिहान पाल्पाको राम्दीमा अन्त्येष्टि गरिने भएको छ ।

Leave a Reply