जेनजी आन्दोलनमा लुटपाट गर्नेमाथि प्रहरी अपरेशन, रातोपुलमा घर लुट्ने ३ जना यी सामानसहित समातिए

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर लुटपाट गर्नेहरूमाथि प्रहरीले अपरेशन सुरू गरेको छ ।

यसैक्रममा काठमाडौंको रातोपुलस्थित एक घरमा लुटपाट तथा चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ घर भई काठमाडौं रातोपुल बस्दै आएका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भएका १८ वर्षीय नयुन श्रेष्ठ र हेटौंडा-५ घर भई रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा छन् । तीनैजनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार २४ गते भएको उक्त घटनामा संलग्नहरू शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा डेरा खानतलासी गर्दा उनीहरूले लुटेर लगेको सामान बरामद भएको हो ।

उनीहरूबाट चोरिएका कपडा, मूर्तिहरू, सुनचाँदीलगायतका दर्जनौं सामान बरामद गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *