शेखरकाे जिकिर- ओली सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा ठूलो क्षति पुग्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले तत्कालीन केपी ओली नेतृत्वको सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन्।

विराटनगरस्थित निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले हालसम्म कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए। नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चाल्नुभएको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको बताए।

लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे। भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *