युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समिर भट्ट अभिनित ‘बलिदान’ को ट्रेलर

काठमाडौं । यहीँ आउँदै गरेको वडादसैँको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको हो ।

नेपालसंगै नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यो चलचित्रको ट्रेलरले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । अभिनेता समिर भट्टको प्रतिक्षित चलचित्र ‘बलिदान’को ट्रेलर हिजो शुक्रवार सार्वजनिक भएको थियो। ट्रेलरलाई अहिलेसम्म झन्डै सात लाख पटक हेरिएको छ।

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। चलचित्रलाई निर्देशक सन्तोस सेनले निर्देशन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *