नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

काठमाडौं ।नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् ।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।

राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यसलगत्तै नेपाली टोलीले मलेसियामै अक्टोबर २(८ मा मलेसियासँग ५ खेलको टी-२०आई सिरिज खेल्नेछ ।

यी हुन् सिरिज खेल्ने १४ खेलाडी
इन्दु वर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *