दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक

काठमाडौं । नारायणगढ – मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ । ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका थिए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङ संयुक्त छलफल भइरहेको छ । दशैं तिहारकाे लागि  यातायात व्यवस्थापन र सडक अवराेधकाे विषयमा  छलफल गर्न लागेकाे त्यसकाे लागि कार्यदल पनि बनाउने घिसिङले जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडक खण्डको तुइनख‍ोला पुल नजिकै हिजो साँझदेखि पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

तत्काल पन्छाउनै नसकिने गरि पहिरो खसेपछि डिभिजन सडक कार्यालय, प्रहरी तथा प्रशासनले सार्वजनिक सूचना मार्फत वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेका छन् । पहिरोको कारण विभिन्न ठाउँको सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *