नारायणगढ-मुग्लिन सडक: बाटोमै पहिरोको पहाड

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनख‍ोला पुल नजिकै खस्न थालेको पहिरो भीमकाय बनेर सडकमै पहिरोको पहाड बनेको छ ।

गएको नौ दिनयता सानो सानो पहिरो खसिरहेको ठाउँ हो तुइनखोला पुल । अघिल्लो साता भारतीय नम्बर प्लेटको ट्रकमा ढुङ्गा लागेर चालक गम्भीर घाइते भएका थिए ।

निरन्तर खसिरहेको पहिरो शुक्रबार बेलुका साढे ६ बजेदेखि भने बढ्दै जाँदा डिभिजन सडक कार्यालयको एक्साभेटर र लोडरले काम गर्नै सकेन ।

डिभिजन सडक कार्यालय भरतपुरका नारायणगढ–मुग्लिन सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसारका अनुसार गएरातीदेखि ३ वटा एक्साभेटर र लोडर लगिएपनि काम गर्न भने सकिएन ।

रातभर पहिरो झर्ने क्रम जारी रह्यो । बिहान पौने ८ बजे त माथिबाट ढिस्को नै खसेर सडकमा पहिरोको पहाडै बनेको छ ।

इन्जिनियर घिमिरेका अनुसार अहिले १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको पहिरो सडकमा पहाड बनेर बसिरहेको छ ।
मााथिबाट पहिरो खस्न रोकिएको छैन । कुल ७० मिटर उचाइमा रहेक‍ो माथि पहाडबाट निरन्तर पहिरो खसिरहेको कारण पहिरो पन्छाउन पनि जोखिमपूर्ण रहेको उनले नेपाल प्रेसलाई बताए । माथिबाट तेज गतिमा पहिरो झरिरहेकोले काम गर्ने व्यक्ति समेत जोखिममा रहेको उनको भनाइ छ ।

इन्जिनियर घिमिरेका अनुसार अहिले ३ वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको छ । एउटा एक्साभेटर सोही स्थानमा छ । भने, एउटा एक्साभेटर र लोडर पहिरो पन्छाउन लगिँदै छ । ूहामीसँग पहिरो पन्छाउने पर्याप्त साधन छन्, इन्जिनियर घिमिरेले नेपाल प्रेससँग भने, ‘पहिरोको पहाडै सडकमा भएको र निरन्तर पहिरो खसिरहेको कारण पूर्ण क्षमतामा काम गर्न सकिएको छैन ।

वैैकल्पिक बाटो प्रयोग गरौँ

तत्काल पन्छाउनै नसकिने गरि पहिरो खसेपछि डिभिजन सडक कार्यालय, प्रहरी तथा प्रशासनले सार्वजनिक सूचना मार्फत वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेका छन् ।

तर, चितवनको बाटो हुँदै काठमाडौं जाने हेटौँडाको बाटो मात्रै अहिलेको भरपर्दो विकल्प भएको इन्जिनियर घिमिरे बताउँछन् ।
चितवनको हुग्दिखोला हुँदै पहाडी सडकबाट चितवनको शक्तिखोर झर्ने अर्को बैकल्पिक बाटो पनि रहेको छ ।

तर, यो सडकमा फोर ह्वील सवारी साधन मात्रै जान सम्भव हुने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जनाएका छन् । यात्रुवाहक साना सवारी साधन वैकल्पिक बाटो हुँँदै जान सक्ने संभावना न्यून रहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *