मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला नजिक फेरि खस्यो ठूलो पहिरो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै हिजो साँझदेखि निरन्तर झरिरहेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

हिजो साँझ करिब साढे ६ बजेदेखि सुरु भएको ढुंगा खस्ने क्रम आज बिहान पौने ८ बजे पुन: ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेकोछ। माथिबाट निरन्तर रूपमा ढुंगा खसिरहेकाले सडक खुलाउने कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाउन हाल तीन वटा लोडर र एक एक्स्काभेटर परिचालन गरिएको छ भने मुग्लिनतर्फबाट अर्को एउटा एक्स्काभेटर पनि घटनास्थलतर्फ पठाइएको छ।

तर पहिरो क्षेत्रमाथिबाट ढुंगा झर्ने क्रम नरोकिएकाले उद्धार तथा सडक खुलाउने कार्यमा जोखिम बढाएको प्रहरीले जनाएकाे छ ।

थप पहिरो खस्ने क्रम राेकिएकाे खण्डमा कम्तिमा ४ घण्टामा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने सम्भावना रहेको  सडक डिभिजन कार्यालयले जनाएकाे छ ।

सडक अबरुद्ध हुँदा पूर्व–पश्चिम आवागमनमा व्यापक असर परेको छ। यात्रुलाई आवश्यक परेमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *