
काठमाडाैं । अभिनेता अनुपबिक्रम शाहीले बलिउडमा डेव्यु गर्ने भएका छन् । बलिउड मेगास्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गल्वान’मा अनुपले सलमानसँगै स्कृन सेयर गरेेका छन् ।
सलमान खान फिल्मसको ब्यानरमा तयार हुन लागेको यो वार ड्रामामा सलमानसँगै अनुपबिक्रमले प्रमुख भूमिका निभाएका छन् । सन् २०२० मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धको कथामा यो चलचित्र बन्न लागेको हो ।
फिल्मको पहिलो चरणको छायांकन भारत र चीनबीचको हिमाली बोर्डर लद्दाकमा सम्पन्न भएको छ । हालै अनुप उक्त छायांकन सकाएर नेपाल फर्केका छन् ।
यो फिल्मको दोस्रो छायांकन सेड्यूअल अक्टोबर नोभेम्बरको बीचमा मुम्बईमा हुने बताइएको छ
निर्देशक अपुर्व लाखिया यो फिल्मका निर्देशक हुन् । ‘ ‘ब्याटल अफ गलवान’को प्रदर्शन मिति भने तय भइसकेको छैन । चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको शाहीले फेसबुकमर्फत् बताएका छन् ।

Leave a Reply