घाइते प्रहरी भेट्न अस्पताल पुगिन् विद्या (तस्बिरहरु)

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनको क्रममा घाइते भएका प्रहरीलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइते प्रहरीलाई भेटेकी हुन् ।

उनले घाइते प्रहरीहरुको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइतेभइ उपचार गराइरहेका प्रहरीहरुको स्वास्थ्य अवस्था चासो देखाइन् ।

यसअघि बुधबार घाइते प्रहरीहरुलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दाेलनमा  ३ जना प्रहरीकाे मृत्यु भएकाे  थियाे भने केही प्रहरीहरु  गम्भीर घाइते भएका छन् । उनीहरुकाे  उपचार जारी छ ।  सामान्य घाइते भएका  प्रहरीहरु उपचारपश्चात सेवा फर्किसकेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *