
काठमाडौं । सरकारले सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नियमावलीको नियम ९ को उपनियम १ मा नियम ८ बमोजिमको परिचयपत्र प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र नवीकरणको लागि सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफैँ उपस्थित भईसम्बन्धी वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था थियो ।
संशोधिन नियमावलीमा साउन मसान्तभित्र भन्ने शब्दको सट्टा असोज मसान्तभित्र भन्ने शब्द संशोधन गरिएको गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
नियमावलीको दफा ८ मा सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले अनुसूची २ बमोजिमको ढाँचामा सामाजिक सुरक्षा परिचयपत्र निशुल्क उपलब्ध गराइने व्यवस्था छ ।
उक्त परिचयपत्रको मान्य अवधि एक आर्थिक वर्षको हुने व्यवस्था छ । उक्त परिचयपत्र हराएमा वा नासिएमा सम्बन्धित स्थानीय तहबाट प्रतिलिधि लिन सकिने र प्रतिलिपि लिनुपर्दा एक सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था नियमावलीमा छ ।

Leave a Reply