प्रकाश सपूतको प्रष्टिकरण – ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा 

काठमाडौं । लामो समयको अन्तरालपछि गायक तथा अभिनेता प्रकाश सपूतका दुई चलचित्र प्रदर्शनमा आउँदैछन्, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’। संयोग नै भनौँ, यी दुवै चलचित्र आउँदो फूलपातीमा एकै दिन भिड्दै छन् । सपूत आफैँले लेखेको, निर्देशन गरेको ‘वसन्त’पछि उनको एकै पटक दुई चलचित्र प्रदर्शनमा आउन लागेका हुन् ।

सम्भवतः यी दुई चलचित्रले सपूतको अभिनय यात्रालाई पनि एउटा दिशा दिनेछ । त्यसैले उनी निकै दौडधूपमा छन् । एकातिर चलचित्र ‘परालको आगो’को छायांकनमा व्यस्त छन् भने भने अर्कातिर ‘माइतीघर’  र ‘हरिबहादुरको जुत्ता’को प्रचारप्रसारमा पनि सक्रिय छन् । सँगै कात्तिक छ गते उनको ‘सोल्टिनी’ चलचित्र पनि प्रदर्शनमा आउँदैछ ।

हिजो ‘माइतीघर’को ट्रेलर रिलिज कार्यक्रममा सपूत उपस्थित थिए । उनलाई दुई चलचित्र जुधेको भन्दै पत्रकारले कुन चलचित्र चाहिँ रोज्ने भनेर प्रश्न गरे । जवाफमा सपूतले भने, ‘दुवै चलचित्र मेरा छोराछोरी जस्तै हुन्  ।’

पत्रकारले थप सोधे, ‘कुन चलचित्र चाहिँ छोरा, कुन चलचित्र चाहिँ छोरी ?’ सपूतले मुस्कुराउँदै भने, ‘अब माइतीघर छोरी, हरिबहादुरको जुत्ता छोरी ।’ यसपछि कार्यक्रममा तालीको फोहोरा छुटेको थियो ।

अहिले सपूतको ‘मैझारो’ सहित चार चलचित्र पाइपलाइनमा छन् । ‘हरिबहादुरको जुत्ता’को ट्रेलर भोलि सार्वजनिक हुँदैछ भने ‘माइतीघर’को ट्रेलर विभिन्न देशका युट्युब चार्टमा ट्रेण्डिङमा परिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *