
काठमाडौं । आउँदो फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएको छ। ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ।
अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्’ भन्दै वचन लिन खोज्ने दृश्य छ।
यसपछि अभिनेता समीर भट्टको प्रवेश हुन्छ । उन संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन् । ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् ।
छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई उच्चतम विन्दुमा पुर्याएको छ। आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

Leave a Reply