
सुर्खेत । संविधान दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले हालको राजनीतिक परिस्थितिप्रति असन्तुष्टि प्रकट गरेका छन्।
शुक्रबार राजधानी वीरेन्द्रनगरमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै उनले सरकार संविधानको मर्मविपरीत बनेको आरोप लगाउँदै नागरिकको भरोसा हराउँदै गएको बताएका हुन्।
कँडेलका अनुसार संविधान कार्यान्वयनको दशक पूरा भइसके पनि अहिलेको राजनीतिक व्यवस्थाले जनताको आशा अपेक्षा पूरा गर्न नसकेको बताएका छन् । उनले जेन–जी आन्दोलनलाई युवाको आवाजका रूपमा स्वीकारे पनि त्यसलाई कमजोरी ढाकछोप गर्ने साधन नबनाउन केन्द्र सरकारलाई चेतावनी दिएका छन् ।
आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीले घरायसी क्षति पु¥याएको भन्दै मुख्यमन्त्रीले यसको विस्तृत तथ्यांक संकलन गरी राहत र पुनःस्थापना प्रक्रियामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले भने,सुरक्षा निकायप्रति नागरिकको भरोसा घट्दै गएको छ । अब गहिरो आत्मसमीक्षा आवश्यक छ।’
राजनीतिक परिवर्तन निर्वाचनमार्फत मात्रै सम्भव हुने स्पष्ट पार्दै उनले प्रमुख दलहरूलाई समयअनुकूल सुधारात्मक कदम चाल्न सुझाव दिए। अन्यथा प्रदेशको स्थायित्व गुम्ने खतरा रहेको उनको भनाइ छ।

Leave a Reply