रुपन्देही । जंगली विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका छ जना बिरामी परेका छन् । बुधबार बिहान गुल्मीदरबार गाउँपालिका १ बलिथुमका रजाली परिवारका ६ जना च्याउ खाएपछि बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली,१० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बविना रजाली बिरामी परेका हुन् ।
च्याउ खाँदा उनीहरूमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेलगायतका लक्षण देखा परेका थिए । स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उनीहरूको उपचार भइरहेको छ । बिरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply