जेनजी आन्दोलनका शहीदप्रति एमालेले गर्‍याे श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ। आज तुलसीलाल स्मृति प्रतिष्ठानकाे भवनमा बसेकाे बैठकले राष्ट्रिय शोक दिवसका अवसरमा जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसहित अर्पण गरेकाे केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

यस्तै, असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। केन्द्रीय कार्यालयको आयोजना हुने संविधान दिवस समारोहको तयारीका लागि आज छलफल गरेको हो।

कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पद्म अर्याललगायत पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरू सहभागी थिए।

एमाले अध्यक्ष केपी ओली भने जेनजी आन्दोलनपछि सेनाको सुरक्षामा छन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले एमालेको पार्टी कार्यालय आगजनी र तोडफोड गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *