काठ्माडौं । कमेडियन सजन श्रेष्ठले केही स्थानीय बासिन्दाहरुसंग मिलेर ढल्कु प्रहरी कार्यालय मर्मत गरिदिएका छन् । जेनजी आन्दोलनको कारण ध्वस्त भएको प्रहरी कार्यालय सजनले पुन निर्माण गरिदिएका हुन् । उनको यो अभियानमा अर्का कमेडियन पुजन अधिकारी र सुमन कार्की पनि छन् ।
जेनजी आन्दोलनका कारण देशको विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयहरु ध्वस्त भएका थिए । कति प्रहरी कार्यालयहरुमा आगो लगाईएको थियो भने कति पुर्ण रूपमा तोडफोड गरिएको थियो । यसैबीच ढल्कुको प्रहरी कार्यालयमा पनि आगो लागाईएको थियो, जसकारण त्यहाँ भित्र भएका सबै सामानहरु जलेर खरानी भएका थिए । आफ्नो घर छेउको प्रहरी कार्यालय जलेर ध्वस्त भएपछि, सजन पुन निर्माणको लागी खटिएका हुन् ।
ढल्कु प्रहरी कार्यालयको सरसफाइदेखि कलर लगाउनेसम्मको काम सजनले गरिदिएका हुन् । सजन भन्छन, ‘कहिले बन्छ भनेर पर्खेर बस्नुभन्दा, हामी आफै अघि सरौँ भनेर यो अभियानमा लागेका हौ । कार्यालयको लागी चाहिने कलर, बालुवा, सिमेन्टदेखि तारसम्म सबै मैले मेरो तर्फबाट उपलब्ध गराएको छु । बाँकी झाडुजस्ता अन्य केही सामानहरु पुजनजीले उपलब्ध गराउनु भएको छ । बेडहरुको लागि अक्रो टोली आउँदै हुनुहुन्छ ।’
सजन, सुमन र पुजनले केही स्थानिय बासिन्दाहरुसँग मिलेर शनिबार नै प्रहरी कार्यालय सफा गरेका हुन। शनिबार भत्केको भित्ता प्लास्टर गरेर फर्किएका सजनहरुले हिजो कलर लगाउने काम सकेका हुन ।
सिमेन्टदेखि कलरसम्म किन्दाको आफ्नो खर्चबार्व भने सजनले खुलाउन चाहेनन। ‘खर्च यतिउति भयो भन्दा पनि हाललाई यो भवन बन्नु नै ठुलो कुरा हो। लगानी त राम्रै लागेको छ तर अहिले ठ्याक्कै यति खर्च भयो भनेर चाहिँ नखुलाउ’, उनले भने।
Leave a Reply