कार्यालय जाेगाउन सहयाेग गरेकाेमा स्थानीयलाई बूढानीलकण्ठ नगरपालिकाको धन्यवाद

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाको ७३ औं कार्यपालिकाको बैठकले जेनजी आन्दाेलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

बैठकले भदौ २३ र २४ गते भएको Gen-z आन्दोलनमा मृत्यु हुनेप्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूकाे स्वास्थ्य लाभको कामना पनि गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए ।

त्यस्तै, बैठकले आन्दोलनमा नगर कार्यपालिकाको कार्यालयसहित १० वटा वडा कार्यालयहरु लगायतका सार्वजनिक सम्पत्ति जोगाउन सहयोग गरेकाे भन्दै नगरबासीलाई नगरपालिकाले धन्यवाद दिएकाे पनि उनले बताए ।

साथै, नगरपालिकाको वडा नं.१०, ११ र १२ गरी तीन वटा वडा कार्यालयहरु, नगर प्रमुख, वडा नं.१०, ११ र १२ को वडाध्यक्षहरुको आवासीय घरमा प्रवेश गरी तोडफोड तथा आगजनी र लुटपाटमा संलग्नलाई यथासिघ्र कानूनी कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालय समक्ष माग गर्ने निर्णय भएको छ ।

यससँगै क्षति भएको वडा कार्यालय लगायत अन्य सार्वजनिक सम्पत्तिको क्षतिपूरण कार्यमा खर्च गर्ने गरी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको १ महिनाको सेवा सुविधावापतको रकम र कर्मचारीहरुको पारिश्रमिकबाट जनही रु.६ हजार कट्टा गरिने निर्णय भएको छ ।

नगरस्तरीय तथा वडास्तरीय पूँजीगततर्फका योजनाहरूको यथाशीघ्र (ठेक्का, उपभोक्ता समिति र कोटेशन) सम्झौता गरी कार्यान्वयन प्रकृया अगाडि बढाउने निर्णयमा उल्लेख गरिएको छ ।

साथै, नगरभित्र सुरक्षा व्यवस्थाको लागि नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तिको २ वटा टोलि परिचालन गर्ने र सुरक्षा चुनौति कायम रहेकोले सबै वडाहरुमा टोल सुधार समिति गठन तथा परिचालन गरी आफ्नो टोल सुरक्षामा चनाखो भई संयुक्त गस्तिलाई सहयोग गरी टोल सुरक्षा कायम राख्न अनुरोध गर्ने जनाईएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *