भारतको सिम्लामा सवारी दुर्घटना,सल्यानको एउटै गाउँका ४ जनाको मृत्यु

दाङ । भारतको हिमालचल प्रदेशको सिम्लामा भएको गाडि दुर्घटनामा सल्यानका चारजनाको मृत्यु भएको छ ।

सल्यान प्रहरी प्रवक्ता इन्सपेक्टर बाबुराम बस्नेतका अनुसार दुर्घटनामा कुमाख गाउँपालिका वडा नम्वर ४ जिउलाका ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको छ । सोहि ठाउँका २६ वर्षीय हिमबहादुर शाही, ३६ वर्षीय नेवबहादुर शाही र २२ वर्षीय हेमन्त शाही घाइते छन् ।

मृतक र घाइते सबै एउटै गाउँका हुन् । यो दुर्घटनापछि जिला गाउँ शोकमा डुबेको छ । वडाध्यक्ष शोभिलाल बस्नेतका अनुसार मृतकको शव पोस्टमार्टमपछि नेपाल ल्याउने तयारी भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ ।

आइतबार बिहान ९ बजे डेराबाट काममा जाने क्रममा उनीहरू सवार एचपी ६३७८९७ नम्बरको पिकअप गाडी सिम्लाको कोटखाईमा दुर्घटनामा परेको परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *