काठमाडौं । नेपाल सरकारले सिपयुक्त श्रमिक कोरिया पठाउनका लागि बनाएको र संशोधन गरेको कार्यविधि रोकिएको छ ।
कामको लिस्ट नै हालेर कार्यविधि संशोधन भएको थियो । तर, गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना निकालेर कार्यविधि कार्यान्वयन नहुने बताएको छ । उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्देशन प्राप्त भएकाे विभागले जनाएकाे छ ।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिटुबी माध्यमबाट ई–७ भिसा मार्फत रोकिएको छ । गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा रोकिएको हो ।’ सूचनामा भनिएको छ ।


Leave a Reply