काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला पठाइएको छ । ६ जनाको शव दाहसंस्कारको लागि नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लगिएको हो ।
टिचिङ अस्पतालबाट पोस्टमार्टम सकिएपछि शवयात्राकाे नगरपरिक्रमा गराएको थियो । नगरपरिक्रमापछि उनीहरुको शव सामाजिक परम्परा अनुसार अन्तिम संस्कारका लागि मृतकका परिवारका सदस्यहरुसहित नेपाली सेनाको हेलिकप्टरमाफर्त पूर्वका सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको सेनाले जानकारी दिएको छ ।
४ जनाको शव आजै पशुपतिमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
Leave a Reply