काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरिक्षण गरेका छन् ।
मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरुले पार्टी कार्यालयको निरिक्षण गरेका हुन् । पार्टी कार्यालयमा नेता तथा कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरुको तस्वीर राखेका छन् । कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए ।
आन्दोलनका क्रममा आफ्नो नेतामाथि भएको आक्रमण भएको सो दिनलाई कांग्रेसले कालो दिनका रुपमा स्मरण गर्ने उहाले बताए । उनले छिटै भौतिक रुपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।
प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलका महत्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ ।
Leave a Reply