पुनर्निर्माणका लागि श्रमदानमा सहभागी हुन पार्टीपंक्तिलाई रास्वपाको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सरकारी निकाय तथा स्थानीय प्रशासनसँग सहकार्य गरी आन्दोलनमा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण कार्यमा श्रमदानमा सहभागी हुन पार्टीपंक्तिलाई आह्वान गरेको छ।

केन्द्रीय र्‍याट समन्वय विभागका कार्यवाहक प्रमुख वैकुण्ठ थापाले सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी ट्राफिक स्वयंसेवक सेवा सञ्चालन वा सहयोगमा सहभागी हुन पनि अपिल गरेका छन्।

सामाजिक सुरक्षामा योगदान गर्न शान्ति–सुरक्षा कार्यक्रम सञ्चालन गर्न, यस घटनाबाट प्रकोपित, असहाय परिवार, बिरामी तथा विपन्न वर्गलाई आफूले सक्ने जति दैनिक आवश्यकता सामग्री वितरण गर्न, जनसहभागितासहित सामाजिक सद्भाव र शान्ति कायम गर्न सक्दो सहयोग पुर्‍याउन आह्वान गरेका छन्।

आफ्नो समय, श्रम र सीप योगदान गरेर समाजलाई पुनः सामान्य अवस्थामा फर्काउन अग्रसर हुनुपर्ने भन्दै उनले भनेका छन्, ‘हामीले आज गर्ने योगदानले केवल संरचना पुनर्निर्माण मात्र गर्ने छैन, यो हाम्रो लोकतन्त्र र सामाजिक सहअस्तित्वलाई बलियो बनाउन पनि टेवा पुग्नेछ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *