राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ।

भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए। प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *