सुनको मूल्य तोलाकै २ लाख १७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ ।

एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।

सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *