जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजीको आन्दोलनमा भएका घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो । उनका अनुसार पूर्वन्यायाधीशको अध्यक्षतामा हुनेछ ।

त्यस्तै, आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने तथा उनीहरुका परिवारलाई राहत तथा क्षतिपूर्तिवाफत यस अघि उपलब्ध गराइदैँ आएको १० लाखममा थप ५ लाख थप गरेर १५ लाख उपलबध गराउने बैठकले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *