संवैधानिक आयोगका २ पदाधिकारीले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्बाट सिफारिस भएर नियुक्त भएका संवैधानिक आयोगका २ जना पदाधिकारीले राजीनामा दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुङ्गेल र मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्वीकृत गरेका हुन् ।

नेपालको संविधानको धारा २४८ को उपधारा ५ को खण्ड क बमोजिम भदौ २९ गतेदेखि लागू हुनेगरी मानव अधिकार आयोगका सदस्य ढुंगेलले र मधेसी आयोग ऐन, २०७४ को दफा ४ को खण्ड क बमोजिम आइतबारदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *