काठमाडौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोकप्रियता कमाएका कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि धेरै । उनको क्रेज आज पदभार ग्रहण गर्दै गर्दा पनि देखियो ।
पदभार ग्रहण कार्यक्रममा मिडियाको उपस्थिति थेगिनसक्नु थियो । मूलधारका मिडियाभन्दा बढी युट्युब च्यानलहरू थिए । मन्त्रालय र मातहतका कर्मचारीहरू पनि बाक्लो सङ्ख्यामा थिए । तर, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य भने देखिएनन् ।
विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयको महत्त्वपूर्ण अंग हो । प्राधिकरणका कार्यकारी निर्देशक नयाँ उर्जामन्त्रीलाई स्वागत गर्न नआउनुका पछाडि पुरानो पृष्ठभूमि कारण हुन सक्छ । घिसिङ र शाक्य समकालीन प्रतिस्पर्धी हुन् । उनीहरूबिच इगोको लडाइँ छ ।
पछिल्लो पटक एमाले नेतृत्वको सरकारले कुलमानलाई विस्थापित गरेर शाक्य कार्यकारी नियुक्त गरेको हो । यसविरुद्ध कुलमानले अदालतमा रिट हाले पनि अन्तरिम आदेश पाउन सकेनन् ।
Leave a Reply