ऊर्जामन्त्री घिसिङले भने– हामी माननीय होइनौँ, माननीय नभन्नू

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरे । सोमबार उनले मन्त्रीको पदभार ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी माननीय होइनौँ । मलाइ माननीय कसैले नभनिदिनु हो । हामी माननीय होइनौँ । देशलाई सही दिशामा लैजानका लागि हामी यहाँ आएका छौँ ।’

उनले देश सङ्कटपूर्ण अवस्थामा रहेको बेला आफू मन्त्रालयमा आएको यस चुनौतीपूर्ण घडीमा चुनौती सामना गर्न सबै एक हुनुपर्ने बताए ।

साथै नवनियुक्त उर्जामन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *