कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आइरहन्छ तर म मेरो जिम्मेवारीप्रति प्रष्ट छु : डा.सन्दुक रुइत

काठमाडौं । डा. सन्दुक रुइतले सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताएका छन्। हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि आफूलाई अनुरोध आउने गरेको बताएका छन्।

रुइतले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलिका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन । मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ ।’

उनले कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु नै भएको कुरामा प्रष्ट रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपालीको नाम संसारभर पुर्‍याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् । हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।’

उनले अबको समय भनेको सबै जुटेर देश बनाउने भएको उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *