राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यसैगरी, आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ । शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *