जेन जी आन्दोलन– लक्ष्मी सनराइज बैंकको महाराजगञ्ज शाखा आगजनीबाट ध्वस्त, बैंकिङ सेवा बन्द

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनीबाट लक्ष्मी सनराइज बैंकको महाराजगञ्ज शाखा कार्यालय ध्वस्त हुँदा सेवा प्रवाह प्रभावित भएको छ । आन्दोलनकारीहरूले महाराजगञ्जमा रहेको भाटभेटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरभित्र आगजनी गर्दा त्यही रहेको बैंकको शाखा कार्यालयमा पूर्ण क्षति पुगेको हो ।

आगजनीबाट कार्यालय ध्वस्त हुँदा यस शाखाबाट प्रवाह हुने बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ । अर्को व्यवस्था नभएसम्म उक्त शाखाबाट प्रदान हुने बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

त्यस शाखाबाट सेवा लिइरहेका ग्राहकहरूले नजिकैका अन्य लक्ष्मी सनराइज बैंकका शाखाबाट आवश्यक सेवा लिन सक्ने व्यवस्था मिलाइएको पनि बैंकले जानकारी दिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *