महान्यायाधिवक्ता रमेश बडालकाे राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालकाे राजीनामा स्वीकृत भएकाे छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नै बडालले पनि त्यसै दिनदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

यद्यपि, बडालले  राजीनामा आज मात्रै स्वीकृत भएपछि सार्वजनिक भएको हो ।

बडालको राजीनामा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *