काठमाडौं । यही भदौ २३ र ३४ गतेको जेनजीको आन्दोलनमा ज्यान गुमाएका युवाको शव घर पुर्याउनका लागि सरकारले व्यवस्था गर्ने भएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै यस्तो जानकारी गराएकी हुन् ।
उनले पदभार गहण गरे लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नेपाल सरकारका सचिवसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भनिन्, ‘अब क्रमश सदगदको लागि तयारी हुन्छ । पोस्टमार्टम भइसकेका शव यदि कोही कसैले आफ्नो घर लान चाहानेलाई त्यसको व्यवस्थापन गरिदिने र यतै दाहासंस्कार गर्ने हो भने अब त्यो बाटो खुल्छ ।’
जेनजी आन्दोलनका क्रममा देशभरमा ७२ जनाको निधन उक्त कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ ३ जना र कारागारबाट भाग्न खोज्ने १० जना कैदीको मृत्यु भएको छ ।
Leave a Reply