आगजनी र तोडफोड गरिएको प्रहरी कार्यालय निरीक्षण गर्दै प्रधानमन्त्रीले भनिन्- उच्च मनोबलले काममा फर्किनोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् ।
May be an image of 9 people and crowd
 उनले भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी हुन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक  शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराइएको र त्यस क्रममा उनले उच्च मनोबलका साथ काममा फर्कन आग्रह गरेकी थिइन्।
May be an image of 9 people and text
जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका अधिकाशं प्रहरी कार्यालयहरू जलेका छन् । प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।
May be an image of 6 people and crowd

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *