काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालले हाल देशभर भइरहेका जेन जी आन्दोलनका क्रममा संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ ।
प्रधान कार्यालयको केन्द्रीय प्रवक्ता कार्यालय, स्वयम्भू हल्चोक, काठमाडौंले मंगलबार सार्वजनिक गरेको वक्तव्यमा जनधनको क्षति कम हुने गरी शान्ति सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका परिचालन पूर्ण संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको हाे ।
वक्तव्यमा भनिएको छ,`नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाको लागि सशस्त्र प्रहरी बल सधैं प्रतिवद्ध रहन्छ । राष्ट्रिय सम्पतिको थप क्षति हुन नदिन सबै पक्ष संयमित बन्न आवश्यक छ ।`
आन्दोलनका क्रममा भएको अपूरणीय क्षतिप्रति दु:ख प्रकट गर्दै बलले दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।
बलले यस संवेदनशील अवस्थामा भौतिक तथा राष्ट्रिय सम्पत्ति संरक्षण, क्षति न्यूनीकरण र उद्दार कार्यमा जेन जी लगायत सबैसँग सहकार्य गर्दै संयुक्त रुपमा काम गर्न तयार रहेको जनाएको छ ।


Leave a Reply