रुपन्देही । अर्घाखाँचीमा जेनजीका प्रदर्शनकारीले तीन पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
सत्तारुढ नेकपा एमालेको सन्धिखर्कस्थित शान्ति बगैजाभन्दा तल रहेको कार्यालय, नेपाली कांग्रेसको टुडिखेलभन्दा माथि रहेको कार्यालय र विपक्षी रास्वपाको मन्च लाइनमा रहेको कार्यालयमा तोडफोड गरिएको हो ।
बिहान ११ बजेतिर उनीहरूले ती कार्यालमा राखिएका पार्टीका बोर्डहरु फालेर तोडफोड गरेको त्यहाँस्थित पत्रकार वीरेन्द्र केसीले नेपाल प्रेसलाई बताए ।
रास्वपाको कार्यालय तोडफोड गर्ने क्रममा उनीहरुले अब आफूहरुलाई बालेन चाहिने भन्दै नाराबाजी गरेका थिए । आन्दोलनकारीले नजिकै रहेको माओवादीको कार्यालयमा भने केही गरेका छैनन् ।

Leave a Reply