राष्ट्रसंघीय मानव अधिकार आयोगले जेनजी प्रदर्शनबारे सम्बोधन गर्दै के भन्यो ? (भिडियाे)

काठमाडौं । संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले नेपालमा जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रविना समदसानीले आफूहरुलाई नेपालबाट धेरै ईमेल आएको उल्लेख गर्दै नेपालमा युवाहरुको प्रदर्शनमा बल प्रयोग भएर ज्यान लिने घटनाबाट दुःखी भएको र अचम्मित तुल्याएको बताएकी छन् ।

उनले एउटा भिडियो सन्देश जारी गर्दै युवाहरुको मागलाई संवादमार्फत सम्बोधन गर्न आग्रह गरेकी छन् । उनले आधारभूत सिद्धान्तका आधारमा समस्याको समाधान गनुर्पे जोड दिँदै आग्रह गरेकी छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार आयोगलाई जेनजीका सदस्यहरुले नेपालमा सोमबार भएको अवस्थाबारे जानकारी गराउँदै ईमेल लेखेका थिए ।

यस्ताे छ उनकाे सम्बाेधन:

नेपालमा भएको प्रदर्शनकारीमाथिको दमन र मृत्यले हामी स्तब्ध छौँ र तुरुन्तै निष्पक्ष छानबिनको माग गर्दछौँ । हामीले युवा समूहहरूले भ्रष्टाचार र हालै सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा आयोजित प्रदर्शनहरूमा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको भनी गम्भीर चिन्ताजनक आरोपहरू प्राप्त गरेका छौँ ।

हामी सरकारलाई शान्तिपूर्ण भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चितता गर्न आह्वान गर्दछौँ । सबै सुरक्षा बलहरूले कानून प्रवर्तन अधिकारीहरूद्वारा बल र हतियारको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्छ ।

नेपालले जीवन्त लोकतन्त्रको अभ्यासमा छ जसमा संवाद नै युवाहरूको चिन्तालाई सम्बोधन गर्ने उत्तम माध्यम हो । हामी सामाजिक सञ्जाललाई नियमन गर्ने उपायहरूको पुनर्विचार गर्न आग्रह गर्दछौँ ताकि नेपालको मानव अधिकार बचिरहोस् ।

Comments

One response to “राष्ट्रसंघीय मानव अधिकार आयोगले जेनजी प्रदर्शनबारे सम्बोधन गर्दै के भन्यो ? (भिडियाे)”

  1. ksp pyl Avatar
    ksp pyl

    सम्वादमार्फत समाधान गर्ने भनाइ ठिक छ । तर तिमीहरू लाखौं प्यालेस्टाईनीहरू दैनिक मरिरहदा टुलुटुलु हेरेर बसिरहेका छौ । नालायकहरू के विज्ञप्ति निकाल्छौ ? नेपालमा त जेनजिको नाममा प्रचण्ड, रवि, दुर्गाहरूले मच्चाएको मानवहत्या हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *