जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै अनेरास्ववियु गण्डकीका सहसंयोजकले त्यागे पार्टी

पोखरा । जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजव विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘…सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्ममेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले आफु सरकारको मतियार बनिरहन नसक्ने बताए । ‘मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवासँगै सिङ्गो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिनँ’, उनले लेखेका छन् ।

उनले आफुले एमाले सदस्यता लिएको ११ वर्ष पुगेका उल्लेख गरेका छन् । जसका क्रममा पार्टीबाट कुनै लाभ नलिएको उनको जिकीर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *