जेनजी प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगो लगाए, प्रहरीले निभाए

काठमाडौं । जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ ।

त्यहाँ कार्यरत एक प्रहरीका अनुसार बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । उनीहरूले साँझ पौने ६ बजे आगो लगाए ।

प्रदर्शनकारीको संख्याभन्दा प्रहरी कम भएका कारण तत्काल प्रतिकार गर्न नसकिएको ती प्रहरीले बताए । तर, उनीहरू फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।

Comments

One response to “जेनजी प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगो लगाए, प्रहरीले निभाए”

  1. ksp pyl Avatar
    ksp pyl

    जेनजि होईनन । उनीहरूले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिईसके । यी प्रचण्ड, रवि, बालेनका गुण्डाहरू हुन् । ओलिले काम गरेर जनतामा हाई हाई भयो भनेर यी दक्षिणका भाडाका टट्टुहरूलाई सहि नसक्नु भएको छ । प्रचण्डहरू देश बेच्न हिडेका छन् । जेनजिको पअरहिलो निशाना प्रचण्ड हो ।४० वर्षदेखि अध्यक्ष खाएर नपुगेर अझै ओगटेर हिडेको छ । फेरि लाजै नमानी जेनजिलाई समर्थन रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *