अब ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् । ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए ।

‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ,’ पुनले भने।

ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । उनले थपे, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’

पुनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ ।

शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्यधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे ।

पुनले आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे । जेनजी मुलुकको भविष्य भएकाले उनीहरु समाजले संयमता र अनुशासनको अपेक्षा गरेको पुनले बताए ।

जेनजी आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्त्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे । पुनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित नि:शुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।

Comments

2 responses to “अब ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन : वर्षमान पुन”

  1. ksp pyl Avatar
    ksp pyl

    गुण्डा पठाएर तोठडफोड र आगजनी गर्ने तिमीहरू । राजिनामा दिनुपर्ने ओलिले ? तिमीहरूले बनाईदिएको प्रधानमन्त्री हो ? जनताले बनाईदिएका हुन् । जेनजिको मागलाई समर्थन छ भने पहिला तेरो ४० वर्षदेखि पद ओगटेर बसेको प्रचण्डलाई राजिनामा गरा ।सक्छस् ? त अझै पनि किन राजनीतिमा छस् ? छोडनु पर्दैन ? मागमा समर्थन छ भने पहिला तैले पद छोड । जेनजिको माग प्रचण्ड र तैले पद छोडनुपर्छ भन्ने हो । अनि केको मागमा समर्थन । देशको तस्कर, भष्ट, विदेशीको दलाल नै माओवादी हो । गुडदै गरेको बसमा बम हानेर मान्छे मार्ने राक्षस हौ तिमीहरू । आज मरेका मान्छेको जिम्मा तिमीहरूले लिनुपर्छ । ती मर्ने तिमीहरूले पठाएका हुन् । फुर्ति नलगा धेरै । टिकटक बन्द गराएको माओवादी भारतीय दलालले होईन ? ओलिले दर्ता गर्न लगाएर कानून अन्तर्गत अहिले चल्न दिईरहेका छन् । तिमीहरूलाई सुन, विदेशी मुद्रा, रक्तचन्दन तस्करी गर्न ओलिले रोकिदिए भनेर हुन्छ ?

  2. Ram Bhattarai Avatar
    Ram Bhattarai

    यो आन्दोलनको बिबिध माग मध्ये नेताका छोराछोरीको जिबन शैलि राजकुमार राजकुमारीको जस्तो भयो. हामीले तिरेको करमा नेताका छोराछोरीले मस्ती गर्ने ? भन्दै तिम्रै अध्यक्षका छोराछोरी नातिनीको फोटो सामाजिक संजालभरी पोष्ट्याएका थिए. अनि यहि आन्दोलको समर्थन पनि गर्याथ्येउ. नैतिकता र हुति भए आन्दोलनमा मारिएकाको जिम्मा लेउ.तिम्रा अध्यक्षका छोराछोरी र नातिनीको जिबन शैली का कारण यत्रो मानाबिय क्षति भएकोले आफ्नो अध्यक्षलाई राजनीतिबाट बिश्राम लेउ भन्न सक्छौ ? नत्र भुत्राको अरुलाई उपदेश दिनु ?? तिमेरु नि उही अराजकतामा राजनीतिको रोटि सेकेर खान पल्केकाहरु न हौ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *