Gen-Z आन्दोलन : यी हुन् ट्रमा सेन्टर पुर्‍याइएका ५० जना घाइते (नाम-ठेगानासहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म १४ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले बताएको छ । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु भएको  छ ।

सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । केही मृतकको ठेगाना खुलेपनि नाम खुलेको छैन । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन् । उनीहरूको विवरण आउन सकेको छैन ।

घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ ।

यी हुन् ट्रमामा पुर्‍याइएका घाइतेहरू

Comments

3 responses to “Gen-Z आन्दोलन : यी हुन् ट्रमा सेन्टर पुर्‍याइएका ५० जना घाइते (नाम-ठेगानासहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    यहि हो शान्तिपूर्ण आन्दोलन ? प्रचण्ड, रास्वपा र दुर्गेका लठैतहरूले कव्जा गरेको आन्दोलन जेनजिको आन्दोलन हुन्छ ? सरकार नपाएर लगभग सन्तुलन गुमाएको प्रचण्डले लठैतहरू छिराएर ओलिको राजिनामा मागेछ । मासु भात पनि छोडेर आएछ । सबै कुरा स्पष्ट भैहाल्यो नि अब ।

  2. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    अराजकहरुको तमासा ।आफू केहि नगर्ने अरुलाइ गाली गरेर बस्ने झुंडहरुको तमासा शिबाय केहि होइन यो!

  3. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    अराजकहरुको तमासा ।आफू केहि नगर्ने अरुलाइ गाली गरेर बस्ने झुंडहरुको तमासा शिबाय केहि होइन यो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *