१०२ सर्भिस सेन्टरले भन्यो–५ वटा एम्बुलेन्स तोडफोड र एकजना चालक घाइते भए

काठमाडौं । आजको आन्दोलनको प्रदर्शनका क्रममा झडप र गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा ५ वटा एम्बुलेन्स तोडफोड भएको नेपाल एम्बुलेन्स चालक संघले जनाएको छ ।

संघका केन्द्रीय सदस्य विपिन खड्काले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार तोडफोडका क्रममा एकजना एम्बुलेन्स चालक पनि घाइते भएका छन् ।

उनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरको एउटा एम्बुलेन्स क्षतिग्रस्त भएको छ भने सुस्वास्थ्य नेपालको एउटा तोडफोड भएको छ।

त्यस्तै, नेपाल एम्बुलेन्स सर्भिस १०२ नम्बरका ३ वटा साधन बानेश्वरमा आन्दोलनकारी फुटाइदिएका छन् । संघले घाइतेको उद्दार र उपचारमा संलग्न एम्बुलेन्स र चालकमाथि आक्रमण नगर्न सबैमा अपिल गरेको छ।

 

Comments

One response to “१०२ सर्भिस सेन्टरले भन्यो–५ वटा एम्बुलेन्स तोडफोड र एकजना चालक घाइते भए”

  1. ksp pyl Avatar
    ksp pyl

    एम्बुलेन्स तोडफोड गर्ने पनि आन्दोलनकारी ? यो पनि जेन जि ? यी सबै प्रचण्ड, रवि, दुर्गे र बालेनका लठैतको काम हो । सरकार अझ निर्मम हुन जरूरी छ । सरकार नपाएर मानसिक सन्तुलन गुमाएको , जेल परेर तिरिमिरि देखेको, जेलमा नाति सम्झेर रोएको र नगरपिता नामको दक्षिणको दलालहरूका गुण्डाहरू छन् । निर्मम बन सरकार । देशमा जंगली राज चल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *