कांग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। जेन जीको प्रदर्शनमा सरकारले् दमन गरेको भन्दै गृहमन्त्रीले राजीनामा नदिए फिर्ता बोलाउन पार्टीसँग माग गरेका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो।’

जेनजीको आन्दोदन उग्र बनेपछि सभापति शेरबहादुर देउवाले अहिले पार्टीको आमस्मिक बैठक राखेका छन्।

जेन जीको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गर्दा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने दर्जानौं घाइते भएका छन्।

 

Comments

2 responses to “कांग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    उपयुुक्त समयमा राम्रो रोटी सेक्ने काम

  2. ksp pyl Avatar
    ksp pyl

    नियुक्ति नपाएको झोक झिक्यो यसले । यसको घर जलाउन आएका भए के गर्थ्यो यसले ? जेनजिका नाममा आएका लठैतले यसले पनि योजना आयोगमा बसेर तर मारेको छ भनेर जलाउन आए भने जलाउ जलाउ भन्थ्यो ? यी नेतै होईनन के । यी दलाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *