विद्यालयबाट घर जान पाएनन् बालबालिका, अभिभावक बोलाइयो

काठमाडौं । बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन र अस्तव्यस्त सवारीका कारण विद्यार्थी घर फर्किन पाएका छैनन् । प्रहरीले फोन गरेर विद्यार्थीलाई होल्डमा राख्न भनेको विद्यालयले जनाएको छ ।

‘हामीलाई प्रहरीले फोन गरेर विद्यार्थी बाहिर ननिकाल्न भनेको छ । अभिभावकहरूलाई बोलाएर जिम्मा लगाउँदैछौं’, एक प्रिन्सिपलले नेपाल प्रेसलाई भने ।

कर्फ्यूपश्चात पनि आन्दोलन मत्थर भएको छैन । बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त छ । आन्दोलन र जामका कारण अभिभावक पनि विद्यालयसम्म पुग्न सकिरहेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *