जेनजीको आन्दोलन-देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए।

 

Comments

One response to “जेनजीको आन्दोलन-देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक”

  1. ksp pyl Avatar
    ksp pyl

    पदाधिकारी बैठकले सरकारलाई अझ निर्मम हुन सुझाव देओस् । नत्र संसद भवन भित्र पसेर जलाउने प्रचण्ड, दुर्गे, रविका गुण्डाहरूको हौसला बढछ । ओलि बलियो भए भनेर जेनजिको नाममा भाडाका गुण्डाहरूले गरेको आगजनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *